Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

वार्तामा ‘यथास्थितिवादी शक्ति’ हावी भएको माओवादी ठहर परिवर्तनकारी शक्तिलाई बलियो बनाउने

Posted by Amarjit Punmagar Monday, October 8, 2012 0 comments
२२ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले दलहरुबीचको जारी वार्तामा यथास्थितिबादी शक्ति हावी भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पदाधिकारीहरुको बैठकले दलहरुबीचको छलफलमा परिर्वतनकारी शक्तिहरु कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो । ’एकात्मक र यथास्थितिबादी सोँच भएका व्यक्तिहरु हावी भएका छन्’ माओवादी प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो-’हामीले अब पविर्तनकारी शक्तिहरुलाई बलियो बनाउनु पर्छ र त्यसको पहल लिनुपर्छ ।’

गतिरोध अन्त्यको पहलमा हुने गरेका छलफलमा कांग्रेस, एमालेमा रहेका एकात्मक सोँच भएका व्यक्तिहरु हावी भएकै कारण सहमति जुट्न नसकेको माओवादीको भनाई छ । संविधानसभा पुनःस्थापना उत्तम र कम जोखिमपूर्ण विकल्प भएको निष्कर्ष निकालेको माओवादीले त्यसको विपक्षमा रहेका नेताहरुलाई ‘एकात्मक सोँच भएका’ यथास्थितिबादी र निकास नचाहने नेताहरुका रुपमा चित्रण गरेको छ ।

माओवादीले गतिरोध अन्त्यका लागि दलहरुसँगको छलफललाई जारी राख्ने निर्णय समेत गरेको छ । ‘सहमतिका लागि छलफलहरुलाई तिब्रता दिनुपर्छ भन्नेमा हाम्रो जोड छ’ प्रवक्ता सापकोटोले भन्नुभयो ।

एमाओवादीले दलहरूबीच प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकारले राजीनामा नदिने पुरानै अडान दोहोर्‍याएको छ ।

0 comments:

Post a Comment