Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

घलेको जीवन रक्षाका मानव अधिकारकर्मीको आग्रह

Posted by Amarjit Punmagar Monday, October 8, 2012 0 comments

२२ असोज, काठमाण्डौ । मलेशियामा मृत्युदण्डको फैसला सुनाइएका नुवाकोटका हरिबहादुर घलेको जीवन रक्षाको लागि मानव अधिकारकर्मी, राजनीतिक कर्मी र कानुन व्यवसायीहरुले मलेशियका राजालाई आग्रह गरेका छन् ।नेपाली काँग्रेस, नुवाकोटले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको हरिबहादुर घले बचाउँ अभियानको पत्रकार सम्मेलनमा उनीहरुले एकसाथ घलेको जीवनरक्षाको पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको हुन् ।

पत्रकार सम्मेलनमा इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले हरिबहादुर घलेलाई बचाउन पहिले सरकारले मलेसियन सरकारलाई आग्रह गर्नुपर्ने बताए ।उनले भने- ‘म इन्सेक र फोरम एशियाको अध्यक्षको हैसियतले म एशिया भरिनै हरिबहादुर घलेलाई बचाउनका लागि पत्रचार गर्ने छु, मलाई विश्वास छ उनको जीवन रक्षा हुन्छ ।’

नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले भने- मलेशियाको पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको अवस्थामा त्यहाँका राजाले मात्र हरिबहादुर घलेको जीवन रक्षा गर्न सक्छन् त्यसका लागि नेपाल सरकारले निरन्तर पत्रचार गर्नुपर्छ । खड्काले भने- ‘मलाई लाग्छ विश्वका छाताका रुपमा मलेशियाका राजा बसेका छन्, एउटा शितल छहारी दिने रुखको रुपमा हरिबहादुर घलेलाई शितल छहारी दिने छन् ।’

मानव अधिकार संगठनका अध्यक्ष सुदिप पाठकले हरिबहादुर घलेलाई कसैले फसाएको र भाषाको अभावमा उनी फन्दामा परेको बताए । उनले भने- ‘हरिबहादुर घलेलाई बचाउन नेपाल सरकारले र मलेशियन सरकारसँग पत्रचार गरी उनलाई मृत्यदण्डबाट बचाउन आग्रह गर्नुपर्ने छ ।’ पत्रकार सम्मेलनमा नेपाली काँगे्रस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भने- ‘हामीले राष्ट्रपति ज्युलाई भेटेर घलेलाई बचाउन आग्रहसहितको पत्र बुझाईसकेका छौं, प्रधानमन्त्रीले मलेशियन सरकारलाई पत्र मार्फत घलेको जीवन रक्षाको निमित्त पत्र पठाउने तयारी भैरहेको जानकारी दिए ।’

हरिबहादुर घलेका हजुरबुबा धनबहादुर घले याचना गर्दै भने- ‘मेरो सोझो नातीलाई फसाए, मेरो र उनको एकमात्र छोरीको रक्षा गर्ने कोही छैन, सबैले मिलेर नातीलाई बचाई दिनोस् । ‘

अखिल क्रान्तिकारी रोल्पाको २० औँ सम्मेलन तयारी पूरा

Posted by Amarjit Punmagar 0 comments


रोल्पा, असोज २२
एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी रोल्पाको २० औ जिल्ला सम्मेलन मंगलबार सदरमुकाम लिवांङमा सुरु हुँदैछ ।
जडसुत्रिय संकिर्णता र शैक्षिक निजीकरण बिरुद्ध सुदृढ संगठन, संघिय गणतन्त्र र जनमुखि शिक्षाको पक्षमा २० औ राल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्न प्रमुख अतिथि संंगठनका केन्द्रिय उपाधक्ष्य रमेश मल्ल आउने कार्यक्रम रहेको छ ।

साथै अखिल क्रान्तिकारी मगरात राज्य संयोजक तिलक राज भण्डारी, सहसंयोजक तथा सचिबालय सदस्य धनमान पुन, सचिबालय सदस्य तुकमान महरा, केन्द्रिय सदस्य दिपेश पुन लगायतका अन्य अतिथिहरुको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

३ सय प्रतिनिधि सहभागित हुने उक्त सम्मेलनको मंगलबार  बिहान ६ बजे बालकल्याण उमाबि लिवांङको प्रांगनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्योग बाणिज्य संघ रोल्पाको हलमा हुने बन्दसत्रले अखिल क्रान्तिकारी रोल्पाको नयाँ कार्यसमिति चयन गर्दै भोली सम्पन्न हुने बताइएको छ  ।  सम्मेलनको लागि सबै तयारी पूरा भएको सम्मेलन आयोजक समिति संयोजक चन्द्रप्रकाश बन्दिपुरेले जानकारी दिनुभयो ।

वार्तामा ‘यथास्थितिवादी शक्ति’ हावी भएको माओवादी ठहर परिवर्तनकारी शक्तिलाई बलियो बनाउने

Posted by Amarjit Punmagar 0 comments
२२ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले दलहरुबीचको जारी वार्तामा यथास्थितिबादी शक्ति हावी भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पदाधिकारीहरुको बैठकले दलहरुबीचको छलफलमा परिर्वतनकारी शक्तिहरु कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो । ’एकात्मक र यथास्थितिबादी सोँच भएका व्यक्तिहरु हावी भएका छन्’ माओवादी प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो-’हामीले अब पविर्तनकारी शक्तिहरुलाई बलियो बनाउनु पर्छ र त्यसको पहल लिनुपर्छ ।’

गतिरोध अन्त्यको पहलमा हुने गरेका छलफलमा कांग्रेस, एमालेमा रहेका एकात्मक सोँच भएका व्यक्तिहरु हावी भएकै कारण सहमति जुट्न नसकेको माओवादीको भनाई छ । संविधानसभा पुनःस्थापना उत्तम र कम जोखिमपूर्ण विकल्प भएको निष्कर्ष निकालेको माओवादीले त्यसको विपक्षमा रहेका नेताहरुलाई ‘एकात्मक सोँच भएका’ यथास्थितिबादी र निकास नचाहने नेताहरुका रुपमा चित्रण गरेको छ ।

माओवादीले गतिरोध अन्त्यका लागि दलहरुसँगको छलफललाई जारी राख्ने निर्णय समेत गरेको छ । ‘सहमतिका लागि छलफलहरुलाई तिब्रता दिनुपर्छ भन्नेमा हाम्रो जोड छ’ प्रवक्ता सापकोटोले भन्नुभयो ।

एमाओवादीले दलहरूबीच प्याकेजमा सहमति नभएसम्म वर्तमान सरकारले राजीनामा नदिने पुरानै अडान दोहोर्‍याएको छ ।

दशैंमा खुलामञ्च मात्र भरिने फूटपाथ सुनसान हुने संकेत

Posted by Amarjit Punmagar Saturday, October 6, 2012 0 comments


२१ असोज, काठमाडौं । दशैं नजिक आएपनि राजधानीका सडक छेऊमा यसवर्ष खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा सुन्धरा, रत्नपार्क लगायतका फूटपाटमा लुगाफाटा लगायतका सरसामान किन्नेहरुको यतिबेला घुईंचो भैसक्थ्यो । बाटो हिँड्ने र सडकमा गुड्नेलाई समेत आवातजावत गर्न समस्या पथ्र्यो । तर यसपटक फूटपाथमा खासै चहलपहल देखिँदैन । नगरप्रहरीको आँखा छलेर केही व्यापारीले सामान राखेपनि अरु गतिबिधि छैन ।
हुन त दशैंको किनमेल गर्ने खास दिन आउनै बाँकी छ । घटस्थापनादेखि फूलपातीसम्म सबैभन्दा बढी व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । त्यसैले फूटपाथमा चहलपहल हुने दिन आउनै बाँकी छ । तर काठमाडौं महानगरपालिकाको अहिलेसम्मको योजना हेर्ने हो भने यसपटकको दशैंमा पहिलेजस्तो फूटपाथमा किनमेल देख्न पाइनेछैन । ‘हामीले यसपटक फूटपाथमा सामान बेच्न नदिने भएका छौं’ महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले भन्नुभयो-’दशैंको बेला हिँड्ने पैदलयात्रु र सवारीलाई समेत अप्ठेरो पर्ने भएकाले हामीले कडाई गर्न लागेका हौं ।’
अरु बेला कडाई गरेपनि दशैं तिहारको बेला भने महानगरपालिकाले व्यापारीलाई छूट दिने गरेको थियो । तर यसपाली यो छूट नदिने महानगरपालिकाको योजना थाहा पाएपछि व्यापारीहरु आक्रोशित भएका छन् । उनीहरुले महानगरपालिकासँग पटकपटक डेलिगेसन गएर छुट दिन आग्रह पनि गरिसके । ‘उहाँहरु आउनु त भएको छ, तर हामीले छूट दिन नसक्ने बताएका छौं’ अधिकारीले भन्नुभयो-’खुलामञ्च सहित अरु कुनै खाली जग्गा खोजेर आएमा हामी त्यहाँ ठाउँ दिन सक्छौं ।’
खुलामञ्च भरिभराउ
अरुबेला राजनीतिक दलका सभासम्मेलनले भरिभराउ हुने राजधानीको खुलामञ्च दशैंभरी व्यापारी र उपभोक्ताले खचाखच हुने भएको छ । महानगरपालिकाले फूटपाथको सट्टा खुलामञ्चमा व्यापार गर्न व्यापारीहरुलाई निर्देशन दिएको हो । यसअघि बेलुकी ४ बजेपछि मात्रै सामान राख्न पाइने खुलामञ्चमा शनिबारदेखि भने बिहान ११ बजेदेखि नै सामान राख्न छुट दिइएको छ ।
महानगरपालिकाले छूट दिए लगत्तै खुलामञ्चमा शनिबारदेखि नै व्यापारी खचाखच हुन थालेका छन् । दुई चारदिनपछि भने खुलामञ्च नै भरिने गरी किनमेल गर्नेको भीड हुने व्यापारीहरु बताउँछन् ।
अन्यत्रभन्दा फूटपाथमा सामान सस्तो पाइने भएकाले ग्राहकको आकर्षण बढ्ने गरेको छ । फूटपाथ व्यापारीले कमाउने मौका पनि यही हो । दशैं जस्तो सिजनमा पनि सरकारले फूटपाथ प्रयोग गर्न नदिँदा उनीहरु आक्रोशित छन् । कडाई भएको बेला खुलामञ्चमा र आँखा छलेर फूटपाथमै समेत व्यापार गर्ने व्यापारीहरुको तयारी छ ।

भारतकै कारण संविधान बनेन : भुसाल

Posted by Amarjit Punmagar 0 comments


२१ असोज, भत्तपुर । नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले भारतकै कारण नेपालमा संविधान बन्न नसकेको दाबी गर्नुभएको छ । माओवादीले उठाएको मुद्दा भारतीय चलचित्र र भारतीय नम्बर प्लेटको सवारी साधन नेपालमा चल्न नदिनु वास्तविक भएको दाबी गर्दै उहाँले-’माओवादीले उठाएको मुद्दामा अन्य दलहरु सहमत भए माओवादी लोकपि्रय बन्दै जान्छ भनेर मात्र विरोध गरेका हुन,’ भन्नुभयो ।
रफत सञ्चार क्लब भक्तपुरले आज गरेको अन्तक्रिया कार्यक्रममा प्रवक्ता भुसाले अबको सरकारको नेतृत्व नेकपा-माओवादीले गर्न पाउनुपर्ने पनि माग गर्नुभएको छ । संविधानसभा विघटनपछि सबै दलहरुको समान हैसियत भइसकेको भन्दै उहाँले अबको नेतृत्व माओवादीले मात्र गर्न सक्ने बताउनुभयो ।
माओवादीको नेतृत्वमा सरकार निर्माण भए केही वर्षमै नै नेपालको आर्थिक र सामाजिक विकास हुने दाबी गर्नुभयो ।

७१ लडाकू कमाण्डर आजदेखि नेपाली सेनाका अधिकृत ४५ दिने घर बिदापछि १२ तालिममा जाने

Posted by Amarjit Punmagar 0 comments


२१ असोज, काठमाण्डौ । दश बर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकू कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको अधिकृतमा नियुक्त भएका छन् ।
अधिकृतमा छानिएका ७१ लडाकूलाई आज नेपाली सेनाले ४५ दिने घर बिदामा पठाउँदै छ । दशैं-तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुनेछन् ।
लडाकू कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ बर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ भने २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अबस्था पनि औपचारिकरुपमा अन्त्य भएको छ ।
लडाकूबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्र्तगत तालिममा सहभागी हुनेछन भने तालिमपछि नेपाली सेना अन्र्तगत गठन हुने महानिर्देशनालयमा रहने छन् । समायोजनमा जाने लडाकूको संख्या कम भएका कारण महनिर्देशनालय गठन हुने/नहुने बिषयमा भने अहिले पनि अन्यौल छ ।
छानिएका ७१ अधिकृतलाई बिशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाबिद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकूको नामावली प्रकाशन गर्ने छ ।
यसअघि अधिकृतभन्दा तल्लो तहमा १ हजार ३ सय ८८ लडाकूहरु छानिइसकेका छन् । छनौटपछि उनीहरुलाई पनि नेपाली सेनाले तलवसहित ४५ दिने घर बिदामा पठाएको छ । घर बिदाबाट फर्किएपछि उनीहरु ७ महिने तालिममा सहभागी हुनेछन् ।

एसीसी ट्रफी क्रिकेटमा नेपाल कुवेतसँग ४ विकेटले पराजित

Posted by Amarjit Punmagar 0 comments


२० असोज, काठमाडौं । युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको छ । यससँगै अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ९ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
एसीसी ट्रफीमा नेपालले कुवेतसँग हार व्यहोरेको यो पहिलो पटक हो । यसअघि भएको ४ भेटमा नेपाल विजयी भएको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको विजयी लक्ष्य कुवेतले ४६ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । खेलमा नेपालको बलिङ र फिल्डिङ नचल्दा नेपाली कप्तान पारसको शतक समेत ओझेलमा पर्‍यो । उसको जितमा सिवेटिन राज्जाले ७७, कासिफ सरिफले ५९ तथा अविड मुस्तक्युले ५४ रन बनाए । यस्तै इर्फान भाटीले ४७ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको शतकको मदतमा निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । खड्काले ७७ बलमा ४ छक्का र ७ चौकको मदतमा अविजित १ सय ६ रन बनाए ।
यस्तै ज्ञनेन्द्र मल्लले ५३ तथा सुवाष खकुरेलले ४५ रन बनाए भने पृथु वास्कोटाले ३७, अनिल मण्डलले १९ र प्रदीप ऐरीले ११ रन जोडे ।