Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

दशैंमा खुलामञ्च मात्र भरिने फूटपाथ सुनसान हुने संकेत

Posted by Amarjit Punmagar Saturday, October 6, 2012 0 comments


२१ असोज, काठमाडौं । दशैं नजिक आएपनि राजधानीका सडक छेऊमा यसवर्ष खासै चहलपहल छैन । अघिल्ला वर्षहरुमा सुन्धरा, रत्नपार्क लगायतका फूटपाटमा लुगाफाटा लगायतका सरसामान किन्नेहरुको यतिबेला घुईंचो भैसक्थ्यो । बाटो हिँड्ने र सडकमा गुड्नेलाई समेत आवातजावत गर्न समस्या पथ्र्यो । तर यसपटक फूटपाथमा खासै चहलपहल देखिँदैन । नगरप्रहरीको आँखा छलेर केही व्यापारीले सामान राखेपनि अरु गतिबिधि छैन ।
हुन त दशैंको किनमेल गर्ने खास दिन आउनै बाँकी छ । घटस्थापनादेखि फूलपातीसम्म सबैभन्दा बढी व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । त्यसैले फूटपाथमा चहलपहल हुने दिन आउनै बाँकी छ । तर काठमाडौं महानगरपालिकाको अहिलेसम्मको योजना हेर्ने हो भने यसपटकको दशैंमा पहिलेजस्तो फूटपाथमा किनमेल देख्न पाइनेछैन । ‘हामीले यसपटक फूटपाथमा सामान बेच्न नदिने भएका छौं’ महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले भन्नुभयो-’दशैंको बेला हिँड्ने पैदलयात्रु र सवारीलाई समेत अप्ठेरो पर्ने भएकाले हामीले कडाई गर्न लागेका हौं ।’
अरु बेला कडाई गरेपनि दशैं तिहारको बेला भने महानगरपालिकाले व्यापारीलाई छूट दिने गरेको थियो । तर यसपाली यो छूट नदिने महानगरपालिकाको योजना थाहा पाएपछि व्यापारीहरु आक्रोशित भएका छन् । उनीहरुले महानगरपालिकासँग पटकपटक डेलिगेसन गएर छुट दिन आग्रह पनि गरिसके । ‘उहाँहरु आउनु त भएको छ, तर हामीले छूट दिन नसक्ने बताएका छौं’ अधिकारीले भन्नुभयो-’खुलामञ्च सहित अरु कुनै खाली जग्गा खोजेर आएमा हामी त्यहाँ ठाउँ दिन सक्छौं ।’
खुलामञ्च भरिभराउ
अरुबेला राजनीतिक दलका सभासम्मेलनले भरिभराउ हुने राजधानीको खुलामञ्च दशैंभरी व्यापारी र उपभोक्ताले खचाखच हुने भएको छ । महानगरपालिकाले फूटपाथको सट्टा खुलामञ्चमा व्यापार गर्न व्यापारीहरुलाई निर्देशन दिएको हो । यसअघि बेलुकी ४ बजेपछि मात्रै सामान राख्न पाइने खुलामञ्चमा शनिबारदेखि भने बिहान ११ बजेदेखि नै सामान राख्न छुट दिइएको छ ।
महानगरपालिकाले छूट दिए लगत्तै खुलामञ्चमा शनिबारदेखि नै व्यापारी खचाखच हुन थालेका छन् । दुई चारदिनपछि भने खुलामञ्च नै भरिने गरी किनमेल गर्नेको भीड हुने व्यापारीहरु बताउँछन् ।
अन्यत्रभन्दा फूटपाथमा सामान सस्तो पाइने भएकाले ग्राहकको आकर्षण बढ्ने गरेको छ । फूटपाथ व्यापारीले कमाउने मौका पनि यही हो । दशैं जस्तो सिजनमा पनि सरकारले फूटपाथ प्रयोग गर्न नदिँदा उनीहरु आक्रोशित छन् । कडाई भएको बेला खुलामञ्चमा र आँखा छलेर फूटपाथमै समेत व्यापार गर्ने व्यापारीहरुको तयारी छ ।

0 comments:

Post a Comment