Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

प्रधानमन्त्री बन्न प्रचण्डको कसरत सुरु आन्तरिक बाह्य शक्तिसँग लविङ गर्दै

Posted by Amarjit Punmagar Friday, October 5, 2012 0 comments


१९ असोज, काठमाडौं । बिपक्षी कांग्रेस–एमालेले बाबुराम भट्टराईलाई राजीनामा गराएर कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आफैं प्रधानमन्त्री बन्ने कसरतमा लाग्नुभएको छ ।
बाबुरामलाई हटाएपनि कुनै पनि हालतमा माओवादीको हातबाट सरकार गुम्न नहुने निष्कर्षमा पुगेका प्रचण्डले आफैं प्रधानमन्त्री बन्न कम्मर कस्नुभएको छ । भारतसहितका शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनिसकेको निष्कर्षमा पुग्नुभएका प्रचण्डले त्यसका लागि माहौल बनाउन ‘कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिन नहुने’ बताएर आफ्नो नेतृत्वको औचित्य पुष्टी गर्न खोज्नुभएको छ भने पछिल्लो दिनमा आफु निकटका नेताहरुका मुखबाट आफुलाई प्रधानमन्त्रीको दावेबारका रुपमा पेश गर्न थाल्नुभएको छ ।
‘यही सरकारलाई राष्ट्रिय स्वरुप दिउँ भन्ने प्रस्ताव अन्य दलले मानेका छैनन’ प्रचण्ड निकट नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’यदि सबै दललाई स्वीकार्य हुन्छ भने अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गर्न तयार हुनुहुन्छ ।’ कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले बाबुराम सरकारलाई राष्ट्रिय स्वरुप दिन अस्वीकार गरेपछि माओवादीले प्रचण्डको नेतृत्वमा सरकार गठनको विकल्प अघि सारेको हो । यद्यपी अहिलेसम्म दलहरुबीचको छलफलमा औपचारिक प्रस्तावका रुपमा भने गएको छैन ।
कांग्रेस नेतृत्वमा सरकार बनाउन असहमति जनाएको माओवादीले शान्ति प्रकृयामा असामान्य अबस्था आइपरेका कारण प्रचण्डले नेतृत्व लिनुपर्ने तर्क गरेको छ । शान्ति प्रकृयाका हस्ताक्षरकर्ता र समकालिन राजनीतिमा सवैलाई स्वीकार्य ब्यक्तित्व भएकाले प्रचण्डको नेतृत्वले नयाँ चुनाव गरि संबिधानसभाबाटै संबिधान दिनसक्ने प्रचण्ड निकट नेताहरुको दावी छ ।
संविधानसभाको विघटन पछि पाँचबुँदे सहमतिको आधार सकिएकाले अब नयाँ आधारमा सहमति बन्दा नेतृत्व आफूले पाउनु पर्ने माओवादीको तर्क छ । कांग्रेस नेतृत्व मान्दा पनि त्यहाँबाट सर्वसम्मत नेतृत्व आउन नसक्ने बुझेका प्रचण्डले चुनावी सरकारको नेतृत्व गर्ने चाहना प्रकट गर्नुभएको बताइएको छ ।

0 comments:

Post a Comment