Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

खनालले बाबुरामलाई सोधे- तानेर खसालौं कि आफैं ओर्लने ? खनालका अघि ओली फिक्का !

Posted by Amarjit Punmagar Friday, October 5, 2012 0 comments


१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारलाई सडकबाटै घुँडा टेकाउने चेतावनी दिनु भएको छ ।
भट्टराई सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न राजधानीमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै खनालले प्रधानमन्त्रीले पद नछाडे बलपूर्वक निकाल्ने चेतावनी दिनुभयो । ‘यदि सत्ताधारीहरुले सुनेनन् भने आजको जनप्रदर्शन आन्दोलनमा परिणत हुनेछ । राष्ट्रव्यापी आँधीको रुपमा परिर्वतन हुनेछ । त्यो आँधीले सर्वसत्तावादलाई नेपाली भूमिबाट समाप्त पार्नेछ’ उहाँले भन्नुभयो-’हामीले तानेर खसास्ने हो कि आफैं ओर्लने हो म डा. बाबुराम भट्टराईलाई सोध्न चाहन्छु । तानेर खसाल्नु पर्ने हो भने आन्दोलन सुरु भयो ।’
उहाँले वर्तमान सरकारको बर्खास्ती र माओवादीको सर्वसत्ताबाद अन्त्य नभएसम्म एमालेले विश्राम नलिने बताउनु भयो । उहाँले भन्नुभयो-’एमाले त्यसै सडकमा आएको छैन । अब सडकमा उत्रिएर माओवादी सर्वसत्ताबादलाई समाप्त नगरुन्जेलसम्म नेकपा एमालेले विश्राम लिंदैन । हामी निरन्तर सडकमा हुन्छौं ।’ माओवादीको दिशाहिनता, ढुलमुलाहट र सर्वसत्ताबादी सोँचका कारण संविधानसभा विघटन भएको भन्दै एमाले अध्यक्ष खनालले भन्नुभयो-’आज देश एउटा अन्योलताबाट गुजि्ररहेको छ । देशलाई अन्योलताबाट जुग्रन बाध्य पार्ने एनेकपा माओवादी नै हो ।’ राजनीतिक, आर्थिक, संवैधानिक लगायतका संकट समाधान गर्ने एक मात्र उपाय माओवादीको सर्वसत्ताबादी साशन समाप्त पार्ने र देशलाई सहमतिको बाटोमा ल्याउनु भएको उहाँको दावी थियो ।
फुटनेहरु बाँसका फट्याँस
अहिले पनि आदिबासी जनजाति एमालेकै रहेको भन्दै उहाँले फुटेर जानेहरुलाई बाँसले पट्याँसहरु फालेको संज्ञा दिनुभयो । ‘नेकपा एमालेमा संगठित भएका जाति जनजातिहरु अहिले पनि नेकपा एमालेमै छन्’ खनालले भन्नुभयो-’जब बाँसको टुसा बढ्न थाल्छ । यसले पट्याँसहरु फल्न थाल्छ । पट्याँस फेर्दा बाँस फुटेको हुँदैन । बाँस झन बलियो भएर जान्छ । हाम्रो पार्टीले पनि पट्याँसहरु फ्याँक्दै जान्छ ।’ एमालेलाई हात्तिसँग तुलना गर्दै अध्यक्ष खनालले हात्ति हिड्दा उसको शरीरबाट कति हिलो मैलो खस्यो भन्ने अर्थ नरहने बताउनु भयो ।
खनालका अघि ओली फिक्का !
सधैजसो बिपक्षीप्रति आक्रोश र ब्यङ्ग्य मिश्रति उखान टुक्कासहितका भाषण गरेर चर्चामा आउने केपी ओली शुक्रबारको सभामा भने फिक्का देखिन्थे । दुरुस्त ओलीको शैली टिप्दै खनालले जनजाति बाहिरिएको पिडा बिर्साउन उखान टुक्काको सहारा लिनुभयो । तर, खनालपछि भाषण गर्ने ओलीले खासै आक्रोशित देखिनुभएन् । मौलिक उखान टुक्का जोडेर भाषण गर्ने ओली शैलीमा पनि त्यति राप र ताप थिएन जति खनालमा थियो । बिहीवारमात्र उपाध्यक्ष अशोक राईसहित थुप्रै जनजाति केन्द्रीय नेताहरुले एमाले परित्याग गरेपछि शोकमा परेको एमाले नेतारुले आक्रोशपूर्ण भाषण गरेर त्यसलाई छोप्ने प्रयत्न गरेका थिए ।

रत्नपार्कबाट सुरु भएको विरोध जुलुस बागबजार, पुतलिसडक, भ्रद्रकाली, सुन्धारा, न्यूरोड, बसन्तपुर, नरदेवी, असन, भोटाहिटी हुँदै खुलामञ्चमा पुगेर आमसभामा परिणत भएको छ ।
एमालेले विरोध प्रदर्शनलाई राष्ट्रिय सहमतिको सरकार लागि दबाव, बाबुराम सरकारको बर्हिगमन र माओवादी सर्वसत्ताबादी सोंच विरुद्धको आन्दोलन भनेको छ । राष्ट्रपतिसँग असोज मसान्तभित्र सहमति गर्ने वाचा गरेर निस्केका दलहरु वार्ता छाडेर गाली गर्नमै तल्लिन छन् । वर्तमान सरकार सहमतिको वाधक भएको भन्दै एमालेले बाबुराम सरकारको बर्हिगमनलाई सहमतिको पहिलो सर्त बनाएको छ ।

0 comments:

Post a Comment