Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

‘एमाओवादीका कारण राष्ट्रियता खतरामा’

Posted by Amarjit Punmagar Saturday, October 6, 2012 0 comments


काठमाडौं, २० असोज । एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र वर्तमान सरकारका गलत निर्णयका कारण मुलुकको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा खनालले एमाओवादीले धरापमा पारेको राष्ट्रियतालाई एमालेले मात्रै वचाउन सक्ने बताए । ‘एमाओवादीको सर्वसत्तावादकै कारण देश संकटमा परेको छ,’ उनले भने, ‘आन्दोलनबाटै वर्तमान सरकारलाई हटाएर राष्ट्रियता जोगाउँछौं ।’
दलहरुका बीच टुटफूट ल्याउन अन्तर्राष्ट्रिय तत्व सक्रिय रहेको आरोप पनि उनको छ । ‘कतिपय स्वदेशी र विदेशी शक्ति यो काममा लागेका छन्,’ उनले भने, ‘एमाओवादीले सो कार्यमा सहयोग गरेको छ ।’
अध्यक्ष खनालले संवैधानिक र राजनीतिक संकट समाधानको एक मात्र विकल्प राष्ट्रिय सहमतिको सरकार रहेको दोहराए ।
अब हुने नयाँ निर्वाचनमा एमाले मुलुककै ठूलो दलको रुपमा स्थापित हुने उनको दाबी छ । उनले भने, ‘अब बन्ने ठूलो दल एमाले नेतृत्वको सरकारले नयाँ संविधान घोषणा गर्छ ।’
एमाओवादी सत्ताकब्जाकै बाटोमा अघि बढेको बताएका खनालले सत्ताकब्जाको योजना विरुद्ध सबै राजनीतिक शक्ति एकै ठाँउमा उभिनु पर्ने उल्लेख गरे ।

0 comments:

Post a Comment