Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

घलेको जीवन रक्षाका मानव अधिकारकर्मीको आग्रह

Posted by Amarjit Punmagar Monday, October 8, 2012 0 comments

२२ असोज, काठमाण्डौ । मलेशियामा मृत्युदण्डको फैसला सुनाइएका नुवाकोटका हरिबहादुर घलेको जीवन रक्षाको लागि मानव अधिकारकर्मी, राजनीतिक कर्मी र कानुन व्यवसायीहरुले मलेशियका राजालाई आग्रह गरेका छन् ।नेपाली काँग्रेस, नुवाकोटले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको हरिबहादुर घले बचाउँ अभियानको पत्रकार सम्मेलनमा उनीहरुले एकसाथ घलेको जीवनरक्षाको पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको हुन् ।

पत्रकार सम्मेलनमा इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले हरिबहादुर घलेलाई बचाउन पहिले सरकारले मलेसियन सरकारलाई आग्रह गर्नुपर्ने बताए ।उनले भने- ‘म इन्सेक र फोरम एशियाको अध्यक्षको हैसियतले म एशिया भरिनै हरिबहादुर घलेलाई बचाउनका लागि पत्रचार गर्ने छु, मलाई विश्वास छ उनको जीवन रक्षा हुन्छ ।’

नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले भने- मलेशियाको पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको अवस्थामा त्यहाँका राजाले मात्र हरिबहादुर घलेको जीवन रक्षा गर्न सक्छन् त्यसका लागि नेपाल सरकारले निरन्तर पत्रचार गर्नुपर्छ । खड्काले भने- ‘मलाई लाग्छ विश्वका छाताका रुपमा मलेशियाका राजा बसेका छन्, एउटा शितल छहारी दिने रुखको रुपमा हरिबहादुर घलेलाई शितल छहारी दिने छन् ।’

मानव अधिकार संगठनका अध्यक्ष सुदिप पाठकले हरिबहादुर घलेलाई कसैले फसाएको र भाषाको अभावमा उनी फन्दामा परेको बताए । उनले भने- ‘हरिबहादुर घलेलाई बचाउन नेपाल सरकारले र मलेशियन सरकारसँग पत्रचार गरी उनलाई मृत्यदण्डबाट बचाउन आग्रह गर्नुपर्ने छ ।’ पत्रकार सम्मेलनमा नेपाली काँगे्रस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भने- ‘हामीले राष्ट्रपति ज्युलाई भेटेर घलेलाई बचाउन आग्रहसहितको पत्र बुझाईसकेका छौं, प्रधानमन्त्रीले मलेशियन सरकारलाई पत्र मार्फत घलेको जीवन रक्षाको निमित्त पत्र पठाउने तयारी भैरहेको जानकारी दिए ।’

हरिबहादुर घलेका हजुरबुबा धनबहादुर घले याचना गर्दै भने- ‘मेरो सोझो नातीलाई फसाए, मेरो र उनको एकमात्र छोरीको रक्षा गर्ने कोही छैन, सबैले मिलेर नातीलाई बचाई दिनोस् । ‘

0 comments:

Post a Comment