Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

‘अहिले पखेटा फटफटाएको मात्र हो, उड्यो भने सरकारको सातो जान्छ’

Posted by Amarjit Punmagar Saturday, October 6, 2012 0 comments


२० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारविरुद्ध शुक्रबार भएको प्रदर्शन रिहर्सल मात्र भएको बताउनु भएको छ ।
युवा संघ नेपालद्धारा शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा खनालले शुक्रबारको प्रदर्शनलाई पखेटा फटफटाएको संज्ञा दिनुभयो । ‘हिजो आफ्ना पखेटाहरु कस्ता छन्, पखेटा पूरा फिजाएर उड्न सकिन्छ कि सक्छौं कि सक्दैनौं भनेर हिजो एमालेले पखेटा फटफटाएर हेरेको मात्र हो’ उहाँले भन्नुभयो-’जब एमाले साच्चिकै पखेटा फिजाएर उड्न थाल्छ, त्यति बेला यो सरकारको सातो उड्छ र माओवादीले सत्ता छाड्नै पर्ने हुन्छ ।’
माओवादी अहिले पनि विपक्षी दललाई छलछाम र भुलभुलैयामा पारेर अगाडि बढ्ने दाउमा रहेको भन्दै उहाँले वर्तमान सरकारको बहिर्गमन नहुँदासम्म कुनै सहमति हुन नसक्ने उहाँको भनाई छ ।
सहमतिकासाथ सरकारले सहजरुपमा बहिर्गमन नमान्ने हो भने आफ्नो पार्टीले कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

0 comments:

Post a Comment