Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

पूर्व गृहसचिव पोखरेल भ्रष्टाचारी ठहर डेढ वर्ष कैद, १ करोड १७ लाख जरिवाना

Posted by Amarjit Punmagar Thursday, October 4, 2012 0 comments


१८ असोज, काठमाडौं । विशेष अदालतले पूर्व गृहसचिव पदमप्रसाद पोखरेललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदको फैसला सुनाएको छ ।
अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रिसाद चालिसेको इजलासले बिहीबार ५८ लाख ५९ हजार रुपैयाँ विगो र त्यति नै जरिवानाको फैसला समेत सुनाएको छ । अदालतले ९५ लाख १ हजार ५ सय ७८ रुपैयाँ ७३ पैसा बराबरको सम्पत्ति रहेको र ३६ लाख ४१ हजार ७ सय ९२ रुपैयाँ ८७ पैसा बराबरको सम्पत्ति मा बैध भएको ठहर गरेको छ ।
अदालतको फैसला अनुसार झुना पोखरेलको नाममा रहेको काठमाडौं ९ मा रहेको कित्ता नम्बर २१४, २१५ ३६८ र ३६९ को जग्गा र सो जग्गामा बनेको मूलघर, सर्भेन्ट क्वाटर, ग्यारेज घर, फर्निचर, इलेक्ट्रीकल उपकरण, भक्तपुर र दीव्येश्वरी १ ख किनं. ६४१ जग्गा रोपनी ०-८-०-० र काठमाडौं चपली २ ख कि.नं. ३७६ को रोपनी १-१५-१-० को जग्गा जफत हुनेछ । यस्तै नं. ८८९९ को टोयटा कोरला कार र विभिन्न बैंकमा रहेको ९ लाख ६२ हजार २ सय ९१ रुपैयाँ ८४ पैसा पनि जफत हुनेछ ।
पोखरेलले पदको दुरुपयोग गरी १ करोड ५१ लाख ३८ हजार ८ सय ९८ रुपैयाँ ५५ पैसा भ्रष्टाचार गरेको दावीसहित ६० साल मंसिर १० गते मुद्धा दायर गरेको थियो । तर, हदम्याद नाघेको भन्दै विशेषले ६४ साल जेठ २४ गते अभियोगपत्र नै खारेज गरेपछि अख्तियार सर्वोच्च गएको थियो ।
सर्वोच्चले हदम्यादको आधारमा खारेज गर्न नहुने भन्दै पुनः सुनुवाई गर्न गत वैशाख ३ गते आदेश दिएको थियो । पोरखेलले ५७ साल चैचमा अबकास पाएका थिए ।

0 comments:

Post a Comment