Your Adsense Link 728 X 15
तपाई हाम्रो आफ्नै Our Crsa Nepal ब्लगमा हार्दिक स्वागत गर्दछौं यहाँहरु सबैलाई।

रुन पनि नपाउने कस्तो भाग्य ?

Posted by Amarjit Punmagar Friday, December 23, 2011 0 comments

बेलायतकी २६ वर्षीया केटी डेल विश्वका झण्डै ३५ जना त्यस्ता मानिसहरुमा पर्छिन् जसलाई पानी छुँदा एलर्जी हुन्छ । एक्वेटिक यर्टिकेरिया भनिने यस्तो समस्या भएका मानिसहरु पौडी खेल्न वा नुहाउनको त कुरै छाडौँ रुन समेत पाउँदैनन् । किनकी आँशुले समेत उनीहरुमा एलर्जी हुन्छ ।
नर्थ वेल्सको फि्लन्टमा बस्ने केटी वर्षातमा घरबाट बाहिर निस्कन सक्दैनिन् ।
नृत्य शिक्षिकाको जागिर समेत उनले यहीँ समस्याका कारण छाड्नुपर्यो किनकी नाच सिकाउँदा सरीरमा पसिना आउँछ जसले उनलाई एलर्जी गराउँछ ।
उनी पसिना आउनेगरी जोडसँग हिड्न पनि पाउँदैनिन् । पसिना छुटाउने खालका हरर फिल्म वा किताब पढ्नु पनि उनका लागि घातक हुन्छ । सरीरमा पानी पर्यो भने छाला रातो हुन्छ र पोल्न थाल्छ ।
केटी लाई १६ वर्षको उमेरमा यस्तो रोग देखिएको हो ।
टनसिलको अप्रेसन गरेपछि डक्टरले उनलाई पेनसिलिनको सुइ लगाइदिएका थिए र त्यसपछि उनमा एलर्जीको समस्या देखिन थालेको थियो ।
सुरुमा उनले आफुलाई छालाको यस्तो एलर्जी भएको कुरा बताउँदा डाक्टरहरुले समेत पत्ताएनन् तर जब उनको चेकजाँच गरियो तब यो एक्वेटिक यर्टिकेरिया भन्ने पत्ता लाग्यो ।

0 comments:

Post a Comment