एमाले राष्ट्रव्यापी आन्दोलनको तयारीमाः खनाल
Thursday, October 4, 2012
0
comments
१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारलाई विस्थापन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रव्यापी आन्दोलनको तयारीमा जुटेको बताउनुभएको छ ।
अध्यक्ष खनालले लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र संविधानसभाबाटै संविधान जारी गर्न चाहने पक्षधरहरू एकताबद्ध भएर आन्दोलन गर्ने जानकारी दिनुभयो । उहाँले आफूहरूले गैर एमाओवादी शक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने अडान राख्ने पनि जनाउनुभएको छ ।
राष्ट्रपतिसमक्ष २१ दलले असोज महिनाभित्र सहमति हुन्छ भनेकाले ‘ढाँटको निम्तो खाई पत्याउनु’ भने झैँ वार्तालाई छाड्न नमिलेको अध्यक्ष खनालले बताउनुभयो ।
पार्टी त्यागको घोषणा गर्ने उपाध्यक्ष अशोक राईसहितका जनजाति नेताहरु बारे सोधिएको प्रश्नमा उहाँले आफ्नो पार्टी कम्युनिस्ट पार्टीको मूल प्रवाह भएको र यो पार्टी हात्तीसरह विशाल भएकाले यसबाट पार्टीलाई कुनै क्षति नहुने उल्लेख गर्नुभयो ।

0 comments:
Post a Comment